काभा महिला भलिबल क्लबको विजेतालाई शिखर इन्स्योरेन्सबाट नगदसहित सम्मान
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनीले मंगलबार काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लबलाई नगदसहित सम्मान गरेको छ। माल्दिभ्समा भएको प्रतियोगिताको उपाधि जितेर पुलिस टोली सोमबार स्वदेश फर्केको थियो।