लागुपदार्थविरुद्ध जागरणको लागि ५ किमी लामो दौड प्रतियोगिता हुँदै
काठमाण्डौ । मिरा राई इनिसियटिभको सहर्कार्यमा होप फाउन्डेसन नेपालले यहि असार २२ गते ५ किमी यात्रा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । यस कार्यक्रमको मुख्य उदेश्य लागुपदार्थ दुर्व्यसनी बारे जनचेतना जगाउने र स्वस्थ जीवनशैली प्रोत्साहन गर्ने रहेको होप फाउन्डेसनकाअध्यक्ष राजिव थापाले जानकारी दिए । उक्त कार्यक्रममा सहभागिताहरुले खुल्ला र विद्यार्थी वर्गमा निःशुल्क दर्ता...