कर्पोरेट ग्राहकका लागि नेपाल टेलिकमले ल्यायो मल्टीपल टीभी जडान गर्ने व्यवस्था
काठमाण्डौ । नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी मल्टीपल टीभी जडान गर्ने व्यवस्था गरेको छ। यस अन्तर्गत ४ वटा वा सो भन्दा बढी टीभी जडान गर्ने कर्पोरेट ग्राहकहरुले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्नेछन् ।