नयाँ चरणको सुधारका लागि आयोग गठन सकारात्मक,नीतिगत सुधार र स्थायित्वका लागि सहकार्य आवश्यकः महासंघ
काठमाण्डौ । अर्थमन्त्री बर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त वैठकमा आर्थिक बर्ष २०८१/८२ को बजेटमार्फत महासंघको माग अनुरुप नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिवद्धतालाई उद्योग वाणिज्य महासंघले सकारात्मक रुपमा लिएको छ । महासंघले २०८० असोज २५ गते वृहद आर्थिक बहस आयोजना गरि पहिलोपटक विद्यमान आर्थिक सुधार एवं दीर्घकालीन बिकासका लागि नयाँ चरणको आर्थिक सुधार...

