प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु.६ अर्ब विनियोजन, २ लाखलाई रोजगारको अवसर
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८१/८२ मा रोजगार बैंकको स्थापना गरि रोजगार सम्बन्धी सूचनाको एकीकृत अभिलेख तयार पारिने भएको छ । आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले श्रम बजारमा उपलब्ध रोजगारीको अवसर तथा जनशक्तिको माग र आपूर्तिलाई स्वचालित प्रणालीमा आबद्ध गरिने बताए । श्रम र रोजगारी सम्बन्धी सेवा प्रवाह र गुनासो सम्बोधनका लागि समाधान कार्यक्रम...

