गार्डियन माइक्रो लाइफको आइपीओमा कति पर्यो आवेदन ?
काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा ५.२२ गुणा बढी आवेदन परिसकेको छ । कम्पनीको आइपीओ दोस्रो दिनमै ओभरसब्सक्राइब्ड भएको हो । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज ५ बजेसम्ममा २० हजार २४० जना आवेदकले ११ लाख ७३ हजार ८२० कित्ताका लागि आवेदन दिइसकेका छन् । कम्पनीको आइपीओमा हालसम्म ११ करोड ७३ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।