सानिमा रिलायन्स लाइफको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवका लागि घोषणा गरेको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा/भुक्तानी गर्न सुरु गरेको छ । कम्पनीले चैत ८ गते सम्पन्न ८ औं वार्षिक साधारण सभाबाट आव २०८०/८१ का लागि पारित भएको ८ प्रतिशत नगद लाभांश सेयरधनीहरुको हितग्राही खातामा उपलब्ध गराएको बैंक खातामा क्रमानुसार जम्मा गर्न थालिएको जनाएको हो ।