निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा घट्दै, हवाई र लघुबीमामा कम्पनीहरुको जोड
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा ३० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको मोटर बीमा व्यवसाय घट्न पुगेको छ । चालु आर्थिक वर्षको १० महिनासम्ममा निर्जीवन बीमकहरुले विभिन्न बीमालेखमार्फत कुल ३३ अर्ब ६ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जसमा मोटर बीमालेखमार्फत मात्रै १० अर्ब ९ करोड २१ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् । यो प्रिमियम कुल व्यवसायको...