नेपाल सरकारद्वारा मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज, आगामी आवदेखि लागू हुने
काठमाण्डौ । सरकारले मौरिसससँगको दोहोरो कर मु्क्ति सम्झौता खारेज गर्ने निर्णय गरेको छ । आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै मौरिसस सरकारसँग सन १९९० अगस्ट ३ मा गरेको द्धिपक्षीय दोहोरो कर मुक्ति सम्झौता खारेज गर्ने निर्णयको औपचारिक जानकारी गराएको छ । नेपाल सरकारको तर्फबाट तोकिएका सक्षम अधिकारीको हैसियतले आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले आज...

