रविन्द्र मिश्र, धवलसमशेर र स्वागत नेपालसहित ५ पक्राउ, नवराज सुवेदी घरमै नजरबन्द
काठमाण्डौ । सरकारले राजावादी आन्दोलनको अगुवाई गर्ने तथा शुक्रबार तीनकुनेको प्रदर्शनमा सक्रिय सहभागिता जनाउने नेताहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । यो क्रममा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पक्राउ गरेको छ ।

