गभर्नरलाई यो गर, त्यो नगर भन्न मिल्दैन: अर्थमन्त्री पौडेल
काठमाण्डौ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले गभर्नरलाई यो गर, त्यो गर भन्न नमिल्ने बताएका छन्। शुक्रबारको अर्थ समितिको बैठकमा उनले चालू आर्थिक वर्षको मौद्रिक नीतिको बारेमा राष्ट्र बैंकमाथि सरकारको प्रत्यक्ष दबाब देखिएको आरोपको अस्वीकार गर्दै यस्तो बताएका हुन्।