बिहिबारदेखि पुनः भारी वर्षा तथा हिमपातको सम्भावना, यी क्षेत्र हुनेछन् बढी प्रभावित
काठमाण्डौ । बिहिबारदेखि पुनः भारी वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहिबार कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको साथै मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।हाल पश्चिममा अरबसागर र पुर्वमा अण्डमानसागर दुवै तर्फ समुद्री आँधी सक्रिय रहेको छ । आज...

