रास्वपा निर्वाचन तालिका पाँचौँ पटक संशोधन, संगठनात्मक तयारीमाथि प्रश्न
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्तरिक निर्वाचन कार्यतालिका पाँचौँ पटक संशोधन गरेपछि पार्टीको निर्णय क्षमता र संगठनात्मक व्यवस्थापनबारे राजनीतिक वृत्तमा विभिन्न टिप्पणीहरू शुरु भएका छन्। निर्वाचन प्रक्रियालाई एकै दिनभित्र सम्पन्न गर्ने भन्दै रातिको समयमै सबै चरण समेटिए पनि पटक–पटक हुने संशोधनले आन्तरिक तयारी र समन्वयमाथि प्रश्न उठाएको छ।

