रातको समय काठमाण्डौबाट बाहिर नजान र बाहिरबाट काठमाण्डौ प्रवेश नगर्न प्रशासनको अलर्ट
काठमाण्डौ । लगातार वर्षासँगै बाढी, पहिरो र भूक्षयजस्ता विपद्को सम्भावना बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ।प्रशासनले आइतबार प्रकाशित गरेको जरुरी सूचनामा असोज १७ (आज) देखि २० गतेसम्म “अत्यावश्यक कारणबाहेक लामो दुरीको यात्रा नगर्नुहोस्” भन्दै राजधानी प्रवेश गर्ने तथा बाहिरिने यात्रामा विशेषगरी राति सचेत...

