नेप्सेको चार्टमा ‘ड्रागन फ्लाई डोजी स्टार’, के होला अब बजार ?
काठमाण्डौ । नेप्सको दैनिक चार्टमा ‘ड्रागन फ्लाई डोजी’ बनेको छ । सेयर तथा सूचकको सुरु, अन्तिम र अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो देखिएको मैनबत्तीलाई ‘ड्रागन फ्लाई डोजी’ भनिन्छ । यो मैनबत्ती अंग्रेजी अक्षरको ‘टी’ आकारको हुन्छ । यसले दिनभरको कारोबार समय बिक्रेताले नियन्त्रण लिएको र कारोबारको अन्तिम समयमा क्रेताले बजारलाई माथि धकेली पुनः सुरुको मूल्य...