१७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, तीनको सर्वाधिक कारोबार
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ११.६६ अंकले बढेर २७५५.४० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२८ कम्पनीको २ करोड १२ लाख ६ हजार ५ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । सेयरबजार बढ्दा आज बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएका छन् । जीवन बीमा समूह ०.८६ प्रतिशत र निर्जीवन बीमा समूह...