मंगलवार, असार ९,२०८३ 01:54:41
Bizshala
  • मंगलवार, असार ९,२०८३ 01:54:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिमेन्ट कम्पनीमा देखिएन लो क्यापको ट्रेन्ड, आधारभुत पक्ष बलिया कम्पनीकै सेयरभाउ महँगो

Laxmi Sunrise Bank Limited
सिमेन्ट कम्पनीमा देखिएन लो क्यापको ट्रेन्ड, आधारभुत पक्ष बलिया कम्पनीकै सेयरभाउ महँगो

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा चार सिमेन्ट कम्पनी निकै चर्चामा छन् । सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासनमा बुक बिल्डिङ विधिमार्फत र प्रिमियममा आइपीओ बेचेका कारण पनि सिमेन्ट कम्पनीहरुको चर्चा सदैव रहने गरेको छ ।  

नेप्सेमा सूचीकृत चार सिमेन्ट कम्पनीमा शिवम् सिमेन्ट, सवोत्तम सिमेन्ट, घोराही सिमेन्ट र सोनारपुर मिनरल्स एण्ड आयल रहेका छन्, जुन नेप्सेको उत्पादन तथा प्रशोधन समूहअन्तर्गत रहेका छन् ।  

बजारमा लगानीकर्ताहरुमाझ सिमेन्ट कम्पनीप्रति आकर्षण रहेपनि सबैको वित्तीय अवस्था भने सन्तोषजनक देखिदैन । शिवम् सिमेन्ट र सर्वोत्तम सिमेन्टको अवस्था राम्रो देखिएपनि घोराही र सोनापुर मिनरल्स एण्ड आयलको रिर्पोट भने चित्त बुझ्दौ छैन ।  

New Office
CG Motors
Garima Development Bank

दोस्रो बजारमा प्राय वित्तीय रुपमा जुन कमजोर कम्पनी सो कम्पनीकै सेयरभाउ महँगो जस्तो देखिन्छ । तर सिमेन्ट सेक्टरतर्फ भने यस्तो देखिदैन । सिमेन्ट कम्पनीहरुमा सबैभन्दा राम्रो वित्तीय अवस्था रहेको सर्वोत्तम सिमेन्टकै सेयरभाउ सबैभन्दा महँगो छ भने वित्तीय अवस्था कमजोर रहेको सोनापुर मिनरल्स आयलको सेयरभाउ सबैभन्दा सस्तो छ ।  

त्यसो त पछिल्लो समय बजारमा बढी लो क्याप कम्पनीहरु चलिरहेको अवस्था छ । लो क्याप कम्पनीहरुको डिमाण्ड बढाएर सेयरमूल्य उचाल्ने जस्ता गतिविधिहरु पनि नभएका होइनन् । सिमेन्ट कम्पनीहरुमा भने त्यस्तो गतिविधि देखिदैन । सबैभन्दा पुँजी धेरै भएको अर्थात लार्ज क्यापमा ठूलो कम्पनी शिवम् सिमेन्टको सेयभराउ पाँच सय रुपैयाँमाथि छ । त्यस्तै दोस्रो बढी पुँजी भएको सर्वोत्तमको सेयरमूल्य पनि आठसय रुपैयामाथि छ भने लो क्याप अर्थात सबैभन्दा पुँजी कम भएको सोनापुरको सेयरभाउ सबैभन्दा सस्तो छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेप्सेमा सूचीकृत सबै समूहका कम्पनीहरुमा एउटै ट्रेण्ड लागू नहुन सक्छ । विशेषगरी अन्य समूहमा लो क्यापहरुको मात्रै सेयरभाउ महँगो र लार्ज क्याप वा मिड क्यापको सेयरभाउ निकै सस्तो देखिन्छ । तर सिमेन्ट कम्पनीहरुमा भने फण्डामेन्टल रुपमा बलिया कम्पनीहरुकै सेयरभाउ महँगो रहेको छ ।  

चालु आवको दोस्रो त्रैमासससम्म सबैभन्दा बढी नाफा कमाउनेमा सर्वोत्तम सिमेन्ट रहेको छ । कम्पनीले २४ करोड १४ लाख रुपैयाँ नाफा कमाएर सर्वाधिक नाफा कमाउने सिमेन्ट कम्पनी बनेको छ ।  

त्यस्तै, दोस्रो बढी नाफा कमाउने शिवम् सिमेन्ट रहेको छ । कम्पनीले पनि ५ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । साथै घोराही सिमेन्ट ६६ करोड ७१ लाख रुपैयाँ र सोनापुर मिनरल्स १२ करोड २० लाख रुपैयाँ घाटामा रहेका छन् ।  

सो अवधिसम्म सर्वोत्तमले सिमेन्ट बिक्रीमार्फत ३ अर्ब ९४ करोड रुपैयाँ आम्दानी गर्दा शिवम्ले ३ अर्ब १० करोड रुपैयाँ आम्दानी गरेको छ । यता घोराहीले १ अर्ब ७३ करोड र सोनापुरले जम्मा ९१ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.