काठमाण्डौ । चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाबो सेयरमूल्यमा उछाल आएको छ । हङकङको सेयर बजार मापक इनडेक्स,‘हाङसेङ इन्डेक्स’मा सूचिकृत अलिबाबाको सेयरमूल्य शुक्रबार १४.६ प्रतिशतले बढेको हो ।
कम्पनीले आगामी तीन वर्षभित्र एआईमा आक्रामक रुपमा लगानी गर्ने घोषणा गरेसँगै र कम्पनीको नाफामा उल्लेख्य सुधार आउदा कम्पनीको सेयरमूल्यमा उछाल आएको हो ।
कम्पनीका प्रमुख कार्यकारी एड्डी वुले गत बिहिबार अलिबाबा ग्रुपले क्लाउड व्यवसाय र एआई पूर्वाधारमा आगामी तीन वर्षभित्र लगानी बढाउने बताएका थिए । तर उनले कम्पनीले कति लगानीको योजना बनाईरहेको छ भन्ने बारे केही पनि खुलाएनन् ।
सन् २०२४ मा अलिबाबाको पूँजीगत खर्च १० अर्ब डलर रहेको थियो । जुन अघिल्लो वर्षको तुलनामा धेरै हो । कम्पनीले प्रोसेसरको खरिद र लार्ज ल्याङग्वेज मोडलको टे«निङका लागि पूर्वाधारमा लगानी बढाएको छ ।
वुले कम्पनीको मुख्य उद्देश्य एआईको विकासमा जोड दिनु र एआईलाई मावन जत्तिकै सोच्न सक्ने स्तरमा पुर्याउनु रहेको बताए । कम्पनीले कठिन टास्कहरु पुरा गर्ने उद्देश्यसहित डिपसिक र ओपन एआईसँग प्रतिष्पर्धा गर्न डिप रिजनिङ मोडल चाडै नै लञ्च गर्ने समेत जनाएको छ ।
यस्तै कम्पनीको आम्दानीमा समेत सुधार देखिएको छ । कम्पनीले गत डिसेम्बर त्रैमासमा ८ प्रतिशतले आम्दानी बढाएको छ । कम्पनीको क्लाउड व्यापारमा आएको सुधारका कारण आम्दानी बढ्न गएको हो । कम्पनीको क्लाउड व्यवसाय १३ प्रतिशतले बढेको छ । यो वर्षको सुरुवात भएदेखि कम्पनीको सेयरमूल्य ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ ।
अलिबाबाका संस्थापक ज्याकमाको पुनरागमन भएसँगै कम्पनीका लगानीकर्ताको मनोबल समेत बढेको छ । विगत लामा समयदेखि सार्वजनिक कार्यक्रमहरुमा नदेखिएका ज्याकमा सोमबार चिनियाँ राष्ट्रपति सि जिङपीङ र अन्य ठूला व्यवसायीसँग देखिएका थिए ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                