२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.५६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०९ कम्पनीको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये ११ वटा उपसमूह बढेको छ भने २ समूह घटेका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा...