भारतको सेयर बजार एक सातादेखि दैनिक नयाँ रेकर्ड बनाउँदै, आज अन्य एशियाली बजारमा समेत उछाल
काठमाण्डौं । भारतको सेयर बजार लगातार ७ दिन नयाँ उचाई चुम्न सफल भएको छ । आज पनि भारतको सेयर बजार सेन्सेक्स ६६६ अंकले बढेर ८५ हजार ९३० विन्दुमा पुग्यो । यस्तै निफ्टी पनि २११ अ.कले बढेर २६ हजार २१६ विन्दुको उचाईमा पुग्यो । जुन हालसम्मकै उच्च हो । आज सेन्सेक्सका ३० वटा कम्पनीमध्ये २६ वटा कम्पनीको सेयरमूल्यमा हरियाली छायो । यस्तै निफ्टीमा कारोबार भएका ५० वटा मध्ये ४१ कम्पनीको...