आज पनि नेप्सेको गिरावट जारी, जानकार भन्छन्,‘असोज मसान्त, दशैं तथा बाढीपहिरोको दबाब’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९२ प्रतिशत अर्थात २३.१० अंकले घटेर २ हजार ४६३.६६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४४४.८८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको १ करोड २ लाख ९१ हजार ८९६...