नेप्सेमा ७४.३९ लाख कित्ता बोनस सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नागरिक लगानी कोषको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १४ प्रतिशत अर्थात ७४ लाख ३९ हजार २५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आव २०७९/८० का लागि १४ प्रतिशत बोनस सेयर र ०७३६८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।