सूर्योदय वोमी लघुवित्तको १.५० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ५० हजार ८०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । विद्यमान संस्थापक सेयधनीहरुका लागि मात्रै यो सेयर बिक्रीमा राखिएको संस्थाले जनाएको छ । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ...