आम्दानी घट्दा बोटलर्स नेपाल(तराई) ७.४१ करोड घाटामा,रिजर्भको आकार भने १०.०१% ले वृद्धि
काठमाण्डौ । बोटलर्स नेपाल(तराई)लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ७ करोड ४१ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १५ करोड ३२ लाख रुपैयाँ नाफामा रहेको थियो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ३ अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४.६७ प्रतिशतले कम हो ।