दोल्ती पावर ९८.७२ लाख घाटामा,विद्युत बिक्री आम्दानी बढेपनि रिजर्भ अझै ऋणात्मक
काठमाण्डौ ।दोल्ती पावर कम्पनी लिमिटेडले घाटा घटाएको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले ९८ लाख ७२ हजार रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले गत आवको सोहि अवधिसम्म भने २ करोड २३ लाख घाटा व्यहोरेको थियो । यसरी कम्पनी ५५.८२ प्रतिशतले घाटा घटाउन सफल भएको छ ।