सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन लाइफ
काठमाण्डौं । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५.७१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड उपसूचक बाहेक सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै...