ग्राउण्ड जिरोमा ‘लो क्याप’ र सरकार परिवर्तनको चर्चा, ब्रोकर हाउस सुनसान, चिया पसल भरिभराउ
काठमाण्डौ । नियमति स्तम्भ ‘ग्राउण्ड जिरो’ लाई निरन्तरता दिने क्रममा आज हामी पुतलीसडक र अनामनगर आसपासका ब्रोकर हाउसहरुमा पुगेका थियौं । यसै सिलसिलामा हामी सबैभन्दा पहिले अनामनगरमा रहेको प्रिमियर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३२) मा पुग्यौं । यस ब्रोकरमा लगानीकर्ताहरुको राम्रै उपस्थिति थियो । बिहानको सुरुवाती चरणमा बजार सामान्य अंकले तलमाथि गर्दै थियो ।...