काठमाण्डौ । व्यावसायिक भुक्तानी प्रणाली, कर्पोरेट पे मा २० हजार भन्दा बढि संस्थाहरु आवद्ध भइसकेका छन् । चालु आर्थिक वर्षको पहिलो ८ महिना सम्ममा कर्पोरेट पे मार्फत रु ७१४ अर्ब भन्दा बढिको भुक्तानी कारोबार फर्छ्यौट भइसकेको कम्पनीले जनाएको छ । जुन गत एक आर्थिक वर्षमा भएको रु ८०० अर्बको कारोबार तुलनामा बढी हो ।
यस उपलब्धिले साना तथा मझौला व्यावसायिक र विभिन्न संस्थाहरुले डिजिटल भुक्तानीको लागि कर्पोरेट पे प्रयोग गर्ने प्रवृत्ति बढिरहेको देखिएको कम्पनीले भनाई छ ।
कर्पोरेट पे को मल्टी बैंकिङ डिजिटल पेमेन्ट तथा फाइनान्सियल सर्भिसेस्ले गर्दा प्रयोगकर्ताहरु उल्लेखनिय रुपमा वृद्धि भइरहेको कम्पनीको ठहर छ । उक्त प्रणाली साना तथा मझौला व्यावसायिक संस्थाहरु, सरकारी तथा गैर–सरकारी संस्थाहरु, वित्तीय संस्थाहरु लगायत विभिन्न संस्थाहरुले प्रयोग गर्दै आइरहेका छन् । यस प्रणालीबाट फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, बल्क यूटिलिटी भुक्तानी, क्रेडिटर सेटलमेन्ट लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ ।
साथै यस प्रणालीको एउटै प्ल्याट्फर्ममा एक भन्दा बढि बैंक खाताहरु लिकं गरी भुक्तानीका लागि आवश्यक अप्रेटिङ म्यान्डेटहरु सेट गरी फण्ड तथा रिसिभेवल व्यवस्थापन गर्न सकिन्छ । सो प्रणालीमा रियल टाइममा प्रति कारोबार रु. १ करोड (सोही बैंक वित्तीय संस्था) तथा रु.२० लाख (अन्य बैंक वित्तीय संस्था) सम्म तथा नन्–रियल टाइम कारोबारको हकमा रु २० करोड सम्म कारोबार सिमा रहेको छ ।