अमेरिकी केन्द्रीय बैंकको भन्दा बढी ट्रेजरी बिल वारेन बफेटसँग, वार्षिक आम्दानी १२ बिलियन डलर
काठमाण्डौ । अमेरिकी सेयर बजारका बादशाह वारेन बफेटसँग भएको ट्रेजरी बिलको संख्या अमेरिकी केन्द्रीय बैंकको भन्दा बढी पुगेको छ । बफेटको कम्पनी वर्कशायर हाथवेसँग दोस्रो त्रैमाससम्ममा २४३.६ बिलियन डलरबराबरको अल्पकालिन अमेरिकी ट्रेजरी बिल रहेको छ । जुन अमेरिकी केन्द्रीय बैंक,‘फेडरल रिजर्भ’सँग भएको भन्दा धेरै हो ।