एप्पलले आर्जन गर्यो हालसम्मकै उच्च त्रैमासिक आम्दानी, आईफोनको बिक्री २३ प्रतिशतले वृद्धि
काठमाण्डौ । विश्वको दिग्गज टेक कम्पनी एप्पलले आर्थिक वर्ष २०२६ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले उक्त अवधिमा १४३.८ बिलियन डलरबराबरको आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको तुलनामा १६ प्रतिशतले बढी हो ।यो एप्पलले हालसम्म आर्जन गरेको सबैभन्दा उच्च त्रैमासिक आम्दानी समेत हो । आईफोनको बिक्रीमा आएको उछाल र अनेपक्षित रुपमा चिनियाँ बजारमा...

