चीनमा बन्यो डिपसिक भन्दा सस्तो एआई मोडल
काठमाण्डौ । चीनमा डिपसिक भन्दापनि सस्तो एआई मोडल तयार भएको दाबी गरिएको छ । स्टार्टअप जेट.एआई(पहिले जिपुको नामले परिचित)ले आफ्नो नयाँ जीएलएम ४.५ एआई मोडल डिपसिकभन्दा पनि सस्तो भएको दाबी गरेको हो । कम्पनीले आफ्नो नयाँ एआई मोडल ‘एजेन्टीक’ एआई मोडलमा तयार भएको जनाएको छ । जसको अर्थ यो मोडलले कुनै कार्यलाई सही ढङ्गले सम्पन्न गर्नका लागि टास्कलाई स्वत सब–टास्कमा परिणत गर्नेछ ।