आईतवार, जेष्ठ ३,२०८३ 04:08:30
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:08:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रावि शिक्षकका छोराले विश्व हल्लाइदिए, खर्बपतिहरुको निद्रा उड्यो !

Laxmi Sunrise Bank Limited
प्रावि शिक्षकका छोराले विश्व हल्लाइदिए, खर्बपतिहरुको निद्रा उड्यो !
Shivam Cement

काठमाण्डौ । चिनियाँ एआई विकासकर्ता डीपसिकले संसारभर तहल्का मच्चाइदिएको छ । यसले सिलिकन भ्यालीको जग हल्लाएको छ किनकि यो नयाँ शक्तिको रूपमा देखा परेको छ। यति मात्र होइन, डिपसिकले अमेरिका लगायत विश्वभरका धेरै बजारहरूमा तहसनहस मच्चाएको छ।  

विश्वभरका धेरै धनी व्यक्तिहरूको सम्पत्तिमा ठूलो गिरावट ल्याइदिएको छ । आखिर डिपसिक वास्तवमा के हो ? कसले बनायो विश्व हल्लाइदिने यस्तो प्ल्याटफर्म(एआई टूल्स) ?

Bizshala
New Office
CG Motors

के हो डिपसिक(Deepseek) ?

यो एक चिनियाँ एआई स्टार्टअप हो। यो स्टार्टअप आफ्नो अनौठो नवप्रवर्तनको लागि परिचित छ। यसको संस्थापक लियांग वेनफेङ हुन्।  

स्टार्टअपले हालै आफ्नो एआई च्याटबट डीपसिक आर १ जारी गरेको छ। रिलिज भएको छोटो समयमै यो बजारमा लोकप्रिय भयो। यो अमेरिकामा एप्पलको एप स्टोरमा सबैभन्दा धेरै मूल्याङ्कन गरिएको निःशुल्क एप बन्यो, जसले ओपनएआईको च्याटजीपीटीलाई उछिनेको छ।

जम्मा ६ मिलियन डलर खर्च !

धेरै मानिसहरूले यो एआई सहायक मोडेल मन पराइरहेका छन्। रोयटर्सको रिपोर्ट अनुसार, यो डिपसिक आर वान संचालित एआई च्याटबटलाई नेभिडियाको एच ८०० चिप्स प्रयोग गरेर तालिम दिइएको थियो। यस्तो अवस्थामा यसको लागत ६० लाख डलरभन्दा कम थियो। जबकि च्याटजीपीटी बनाउन लगभग १० गुणा बढी पैसा खर्च भएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

लियांग वेनफेङ(Liang Wenfeng) को हुन् ?

लियाङ वेनफेङ डिपसिकका संस्थापक र सीईओ हुन्। उनका बुबा चीनको एक प्राथमिक विद्यालयमा शिक्षक थिए।  

४० वर्षीय लियाङको जन्म चीनको झान्जियाङमा भएको थियो। स्कूलको सानैदेखि उनलाई नयाँ कुरा सिक्ने जोश थियो। साथै, उसले देखेको कुनै पनि समस्याको समाधान खोज्न थाल्थ्यो।

लियाङको प्रारम्भिक शिक्षा एकदमै सरल थियो, तर पछि उनले धेरै प्रतिष्ठित संस्थाहरूमा अध्ययन गरे। यहाँ उनले आर्टिफिसियल इन्टेलिजेन्समा आफ्नो पकड बलियो बनाए।

स्नातक पूरा गरेपछि, लियाङले एआई व्यवसायसँग सम्बन्धित धेरै कम्पनीहरू स्थापना गरे। उनले २०१३ मा हाङझाउ याकेबी लगानी व्यवस्थापन र २०१५ मा झेजियाङ जिउजाङ सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरे। उनले २०१९ मा हाईफ्लायर एआई पनि सुरु गरे, जुन १० अर्ब युआनभन्दा बढीको सम्पत्ति व्यवस्थापन गर्ने उद्यम हो। यसपछि उनले २०२३ मा डिपसिक स्थापना गरे। 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.