चैत १० भित्र बालेन नेतृत्वको सरकारः गृहमा अर्याल र अर्थमा वाग्ले, बाँकी नाम फाइनल हुन बाँकी
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले छिटोमा चैत १० गतेभित्र नयाँ सरकार गठन गर्ने गरी आवश्यक पूर्व तयारी र छलफलहरुलाई तीव्र बनाएको छ । रास्वपाका सभापति रवि लामिछानेलाई भाइरल ज्वरो केही कम भएपछि वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन्द्र शाहसँग बाक्लै छलफल गरिरहेका छन् । ती छलफलहरु आगामी सरकार गठनमा केन्द्रीत रहेका छन् ।

