काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद, मन्त्री तथा स्वकीय सचिवहरूका लागि मासिक पार्टी लेबी निर्धारण गरेको छ। बिहीबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले लेबीसम्बन्धी प्रस्ताव पारित गरेको हो।
पार्टीका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीका अनुसार सांसदहरूका लागि मासिक रु. १६ हजार ५०० र मन्त्रीहरूका लागि रु. १८ हजार लेबी तोकिएको छ।
त्यसैगरी, स्वकीय सचिवहरूको हकमा मासिक रु. २ हजार लेबी तोक्ने निर्णय गरिएको छ, जुन हाल मन्त्रीका स्वकीय सचिवहरूमा लागू हुनेछ।
सांसदहरूले भविष्यमा स्वकीय सचिव राख्ने व्यवस्था लागू भएमा ती स्वकीय सचिवहरूका लागि पनि मासिक रु. २ हजार लेबी अनिवार्य हुने व्यवस्था पारित गरिएको छ ।

