युद्ध अन्त्यका लागि रुसलाई क्रिमिया सुम्पन युक्रेन तयार छ: ट्रम्प
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की शान्ति सम्झौताको एक हिस्साको रूपमा क्रिमियालाई रुसलाई सुम्पन तयार भएको बताएका छन् । रुसले सन् २०१४ मा अवैध रूपमा कब्जा गरेको दक्षिणी प्रायद्वीपको नियन्त्रण छोड्न युक्रेनी राष्ट्रपति तयार छन् कि छैनन् भन्ने प्रश्नको जवाफ दिदै ट्रम्पले यस्तो बताएका हुन् ।