नयाँ पुस्ताले देखेका सपना पुरा होस् भन्दै शेखर गोल्छाले भने,‘रोजगारी सिर्जना तथा लगानी गर्न प्रतिवद्ध छु’
काठमाण्डौ । उद्योगी तथा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले देशमा रोजगारी सिर्जना तथा लगानी गर्न प्रतिवद्ध रहेको बताएका छन् । उनले फेसबुकमा घरको जलेको गेटको फोटो सेयर गर्दै देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस् भन्दै लगानीको प्रतिवद्धता जाहेर गरेका हुन् ।