भूमि आयोग पुनर्स्थापना : सरकारको निर्णय सर्वोच्चले उल्टायो
काठमाण्डौ । सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग पुनः संचालनमा ल्याउने आदेश जारी गर्दै सरकारले आयोग खारेज गरेको निर्णय असवैधानिक ठहर गरेको छ। आयोगका पूर्वअध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

