यूनिटेक हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ यूनिटेक हाईड्रोपावर कम्पनी लिमिटेड आईपीओ निष्कासनको तयारीमा जुटेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने मुख्य उद्देश्यसहित साधारण सभा आह्वान गरेको छ । चैत २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वैशाख २० गते ललितपुरको कुपण्डोलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।