काठमाण्डौ यूनिटेक हाईड्रोपावर कम्पनी लिमिटेड आईपीओ निष्कासनको तयारीमा जुटेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने मुख्य उद्देश्यसहित साधारण सभा आह्वान गरेको छ ।
चैत २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वैशाख २० गते ललितपुरको कुपण्डोलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने र कम्पनीको वित्तीय एवं कार्ययोजनको विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा गत आवको वित्तीय विवरण लगायतका प्रस्तावहरु पारित गरिनुका साथै कम्पनीको रजिष्टर्ड ठेगाना परिवर्तन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।