शनिबार, माघ १७,२०८२ 01:27:06
Bizshala
  • शनिबार, माघ १७,२०८२ 01:27:06
Bizshala
Global IME Bank Limited
Bizshala

रु. १०० लाई तीन भागमा बाँड्नुहोस्, तपाइँ पनि बन्नुहुनेछ करोडपति ! कसरी ?

रु. १०० लाई तीन भागमा बाँड्नुहोस्, तपाइँ पनि बन्नुहुनेछ करोडपति ! कसरी ?
Shivam Cement

काठमाण्डौ । महँगी निरन्तर बढिरहेको छ। यतिबेला मानिसको सबैभन्दा ठूलो समस्या बढ्दो खर्चको बीचमा कसरी बचत गर्ने भन्ने हो। भविष्यमा आर्थिक संकटको सामना गर्नु नपरोस् भन्ने सबैको चाहना हुन्छ।  

आज हामी तपाइँलाई एउटा यस्तो सूत्र बताउँदैछौँ, जसले तपाइँलाई करोडपति बनाउन सक्छ। तर, यसका लागि रणनीतिअनुसार बचत गरेर ५०ः३०ः२० को नियम अपनाउनुपर्छ। अचम्म नमान्नुहोस्, यो नियम वास्तवमा तपाइँको आयलाई तीन भागमा विभाजन गर्न सम्बन्धित छ।

आम्दानीलाई तीन भागमा विभाजन गर्नुहोस्  

बढ्दो महँगीको यो युगमा पनि ५०ः३०ः२० को बचत सूत्र अपनाएर घरपरिवार चलाउँदै पैसा बचत गर्न सकिन्छ। यदि तपाइँसँग १०० रुपैयाँ छ भने प्रत्येक महिना तपाइँले ५०, ३० र २० रुपैयाँको हिसाबले हिस्सा छुट्याउनुपर्छ।  

अब यो सूत्र मासिक ४० हजार रुपैयाँ कमाउने जागिरेहरुको जीवनमा लागू गरेर हेरौँ। यस्तो अवस्थामा २० हजारं१२ हजारं८ हजार रुपैयाँ गरी तीन भागमा विभाजन गर्नुपर्नेछ। कमाइँको तीन भागमात्र गर्नु भनेको करोडपति बन्ने सिढी होइन। यी भागमा आफ्नो खर्च विभाजित गरेपछि तपाइँले एक भाग लगानी गर्नुपर्छ। आउनुहोस् जानौँ कसरी रु

सबैभन्दा ठूलो हिस्साको भूमिका

यो सबैभन्दा महत्वपूर्ण खर्च कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा आउँछ। त्यसो भए हामीलाई भन्नुहोस् कि तपाइँको आम्दानीको तीन भागमध्ये सबैभन्दा ठूलो र पहिलो भाग अर्थात् २० हजार रुपैयाँबाट खानापिन, बसोबास र शिक्षाको आवश्यकता पूरा गर्नुपर्छ। बासोबास भनेको यदि भाडामा बस्नुहुन्छ भने तपाइँले मासिक भाडा र घर ऋणको ईएमआई तिर्नुपर्छ। यो भागलाई अर्को बचत खातामा स्थानान्तरण गर्नुहोस् र आवश्यक खर्चहरु त्यस खातामार्फत गर्नुहोस्। जेहोस् तपाइँले आफ्नो खर्चको सूची अपटेड गरिरहनुपर्छ र प्रत्येकमा खर्च तय गर्नुपर्छ।

Bizshala
Garima Development Bank
New Office

दोस्रो हिस्सा यहाँ खर्च गर्नुहोस्  

अब ३० प्रतिशत हिस्सा अर्थात् १२ हजार रुपैयाँ। यसबाट पूरा गर्नुपर्ने आवश्यकताहरुमा बाहिर जाने, फिल्म हेर्न, बाहिर खान, ग्याजेट, लुगा, कार, बाइक र चिकित्सा खर्च समावेश हुन सक्छ। तपाइँले आफ्नो जीवनशैलीसँग सम्बन्धित खर्च पनि यही हिस्साबाट गर्न सक्नुहुन्छ। तर यो हिस्सामा समावेश खर्चलाई ठूलो मात्रामा समायोजन गर्नुपर्नेछ। ता कि तपाइँलाई खर्च धान्न थप पैसा नचाहियोस् र छुट्याइएको हिस्साबाट खर्च धान्न सकियोस्।  

अन्तिम हिस्सा लगानीका लागि छुट्याउनुहोस्  

तपाइँलाई करोडपति बनाउनका लागि यो अन्तिम हिस्सा वा सबैभन्दा सानो सहस्साको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। २० प्रतिशतको हिस्साअनुसार तपाइँको आम्दानीको ४० हजार रुपैयाँमध्ये ८ हजार रुपैयाँ बचत गर्नुहुनेछ। यो रकम हरेक महिना बचत गरेर लगानी गर्नुहोस्। अब कहाँ लगानी गर्ने भन्ने कुरा आयो रु त्यसैले हाल यो बाँकी रकम सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान ९एसआईपी० र बन्डमा प्रत्येक महिना म्युचुअल फन्डमा लगानी गर्नु सबैभन्दा फाइदाजनक हुनेछ। यस सूत्रअनुसार ४० हजार रुपैयाँ कमाउनेले वार्षिक कम्तीमा १ लाख रुपैयाँ बचत गर्न सक्छन् र यो बचतलाई सही ठाउँमा लगानी गर्दा यो वर्षैपिच्छे बढ्दै जान्छ र त्यसमा आर्जित ब्याजमा चक्रवृद्धि ब्याज पनि जोडिनेछ। भविष्यमा राम्रै रकम जम्मा हुनेछ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

यदि तपाइँले यो बचतलाई दैनिक आधारमा विभाजन गर्नुभयो भने हरेक दिन लगभग २६६ रुपैयाँ हुन्छ। मनौँ तपाइँले यो रकम एसआईपीमा २० वर्षका लागि मात्र लगानी गर्नुहुन्छ। यसबाट तपाइँले १८ प्रतिशत रिटर्न पाउनुहुन्छ। त्यसो भए यस अवधिमा तपाइँको कुल जम्मा १९ लाख २० हजार रुपैयाँ हुनेछ र यसमा तपाइँले कुल १ करोड ६८ लाख २७ हजार ८९७ रिटर्न पाउनुहुनेछ। यस अनुसार कुल मूल्यको कुरा गर्ने हो भने यो १ करोड ८७ लाख ४७ हजार ८९७ रुपैयाँ हुनेछ।  

रिटायरमेन्टपछि पैसाको नो–टेन्सन  

यो सूत्र अपनाएर तपाइँले रिटायरमेन्ट फन्डका रुपमा यति रकम जम्मा गर्नुहुनेछ कि जीवन आरामदायी हुनेछ। तर, यो सपना तब मात्र साकार हुनेछ जब तपाइँले इमान्दारिता र दृढ इच्छाशक्तिका साथ ५०ः३०ः२० सूत्र पालना गर्नुहुनेछ र कुनै बाधा परेको खण्डमा पनि अन्तिम हिस्सा अर्थात २० प्रतिशत रकमलाई चलाउनुहुने छैन। –एजेन्सीको सहयोगमा

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.