शनिबार, माघ १७,२०८२ 03:23:17
Bizshala
  • शनिबार, माघ १७,२०८२ 03:23:17
Bizshala
Global IME Bank Limited
Bizshala

सूचीकृत जीवन बीमकले कमाए रु.५.५० अर्ब नाफा, अधिकांशको इपीएसमा गिरावट

सूचीकृत जीवन बीमकले कमाए रु.५.५० अर्ब नाफा, अधिकांशको इपीएसमा गिरावट
Shivam Cement

काठमाण्डौ । नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुले साढे ५ अर्ब रुपैयाँ नाफा कमाएका छन् । सूचीकृत १२ जीवन बीमकले गत आवको अन्त्यसम्म ५ अर्ब ५० करोड ८३ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा अघिल्लो आवको तुलनामा ४.९५ प्रतिशत कम हो । अघिल्लो आवको अन्त्यसम्म जीवन बीमा कम्पनीहरुले ५ अर्ब ७९ करोड ५० लाख रुपैयाँ नाफा कमाएका थिए ।

गत आवमा ५ वटा जीवन बीमकको नाफा अघिल्लो आवको तुलनामा घटेको छ भने ७ बीमकको नाफामा सुधार देखिएको छ । सबैभन्दा धेरै नाफा कमाउने नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ६० करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १७.३७ प्रतिशत कम हो । 

Bizshala
Garima Development Bank
New Office

त्यस्तै, आइएमई लाइफले ५८ करोड ३३ लाख, रिलायबल नेपाल लाइफले ५७ क रोड १ लाख, हिमालयन लाइफले ५४ करोड ६९ लाख, सन नेपाल लाइफले ५४ करोड २४ लाख, सिटिजन लाइफले ४२ करोड ५० लाख, नेशनल लाइफले ४१ करोड २८ लाख, एशियन लाइफले ४० करोड ९३ लाख, सानिमा रिलायन्स लाइफले ३७ करोड ७४ लाख, प्रभु महालक्ष्मी लाइफले ३७ करोड ७ लाख, सूर्यज्योति लाइफले ३५ करोड २ लाख र एलआइसी नेपालले ३१ करोड ६४ लाख रुपैयाँ नाफा कमाएका छन् । 

सबैभन्दा बढी नाफा बढाउने कम्पनीमा रिलायबल नेपाल लाइफ रहेको छ । यो कम्पनीको नाफा अघिल्लो आवको तुलनामा ४७.२५ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा मुनाफा घट्ने कम्पनीमा भने नेशनल लाइफ रहेको छ । कम्पनीको मुनाफा अघिल्लो आवको तुलनामा ५६.२२ प्रतिशतले घटेको छ । 

इपीएस कुनको कति ? 

नाफा प्रभावित देखिएसँगै सूचीकृत जीवन बीमकहरुको प्रतिसेयर आम्दानी (इपीएस)पनि घटेको छ । यो सूचकले कम्पनीको आम्दानीको क्षमता देखाउने हुँदा महत्वपूर्ण सूचकको रुपमा लिइन्छ । अघिल्लो आवको तुलनामा गत आवमा ४ जीवन बीमा कम्पनीको मात्रै इपीएसमा सुधार देखिएको छ भने ८ कम्पनीको घटेको छ । 

सो अवधिसम्म सबैभन्दा धेरै इपीएस एलआइसी नेपालको १६.७४ रुपैयाँ रहेको भने दोस्रो बढी एशियन लाइफको १२.०४ रुपैयाँ रहेको छ । सबैभन्दा थोरै इपीएस हिमालयन लाइफको जम्मा ५.९८ रुपैयाँ रहेको छ । सबैभन्दा धेरै इपीएस घट्नेमा नेशनल लाइफ रहेको छ । यो कम्पनीको इपीएस १०.८९ रुपैयाँले घटेको छ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.