शनिबार, माघ १७,२०८२ 03:23:16
Bizshala
  • शनिबार, माघ १७,२०८२ 03:23:16
Bizshala
Global IME Bank Limited
Bizshala

लघुबीमा कम्पनी आएपछि ठूला बीमकहरुको व्यवसाय खोसिँदै, निर्जीवन बीमातर्फ ७१.८३% ले गिरावट

लघुबीमा कम्पनी आएपछि ठूला बीमकहरुको व्यवसाय खोसिँदै, निर्जीवन बीमातर्फ ७१.८३% ले गिरावट
Shivam Cement

काठमाण्डौ । सञ्चालनमा रहेका २८ बीमा कम्पनीमध्ये २४ वटा बीमा कम्पनीले मात्रै लघुबीमा व्यवसाय गर्दै आइरहेका छन् । २८ बीमा कम्पनीले चालु आवको ७ महिनासम्ममा लघुबीमा व्यवसायमार्फत १ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।  

माघ मसान्तसम्म लघुबीमा व्यवसायमार्फत आर्जन गरेको बीमा शुल्क गत वर्षको तुलनामा ०.५३ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म २४ बीमा कम्पनीहरुलेे लघुबीमा व्यवसायमार्फत १ अर्ब ४७ करोड ६२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।  

जीवन बीमातर्फ राष्ट्रिय जीवन बीमा कम्पनी र आइएमई लाइफले लघुबीमा व्यवसाय गरेका छैनन् भने निर्जीवन बीमातर्फ राष्ट्रिय बीमा कम्पनी र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले लघुबीमा बीमालेख बिक्री गरेका छैनन् ।  

नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीले चालु आवको माघ मसान्तसम्म मात्रै १ अर्ब ४५ करोड रुपैयाँ लघुबीमा व्यवसायमार्फत प्रिमियम संकलन गरेका छन् । जुन यो गत आवको यसै अवधिसम्मको तुलनामा १।५७ प्रतिशतले बढी हो । गत आवको माघ मसान्तसम्म जीवन बीमा कम्पनीले १ अर्ब ४३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।  

प्राधिकरणका अनुसार गत आवको तुलनामा सुर्यज्योति लाइफ र नेशनल लाइफ इन्स्योरेन्सले मात्रै लघुबीमा व्यवसाय बृद्धि गरेका छन्, भने बाँकी १० वटा जीवन बीमा कम्पनीको लघुबीमा व्यवसाय खस्किएको छ ।  

दुईवटा कम्पनीले व्यवसाय बढाउँदा समग्रमा लघु जीवन बीमा व्यवसाय गत आवको तुलनामा बढेको दखिएको हो । तर व्यवसायिक रुपमा ठूला कम्पनी भनेर चिनिने नेपाल लाइफ इन्स्योरेन्सकै लघुबीमा व्यवसाय गत आवको तुलनामा ४९।९८ प्रतिशतले घट्न पुगेको छ ।

Bizshala
Garima Development Bank
New Office

यता निर्जीवन बीमा तर्फ पनि लघुबीमा व्यवसाय गत वर्षको तुलनामा ७१.८२ प्रतिशतले खस्किएको छ । गत आवको ७ महिनामा १२ निर्जीवन बीमा कम्पनीले लघुबीमा व्यवसायमार्फत ४ करोड २० लाख रुपैयाँ प्रिमियम उठाएका थिए । चालु आवको यस अवधिसम्म सोही कम्पनीहरुले लघुबीमा व्यवसायमार्फत जम्मा १ करोड १८ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेका छन् ।  

नेपाल बीमा प्राधिकरणले न्युन आय भएका वर्ग तथा ग्रामिण भेगका स्थानीयलाई समेट्ने गरी चालु आर्थिक वर्षमा मात्रै लघुबीमा व्यवसाय सञ्चालन गर्न ७ वटा कम्पनीलाई लघुबीमाको लाइसेन्स वितरण गरेको थियो ।  

जसमा हाल ३ वटा लघु जीवन बीमा कम्पनी र तीनवटा निर्जीवन लघुबीमा कम्पनी सञ्चालनमा छन् । लघुबीमा कम्पनीहरु सञ्चालनमा आएपछि ठूला बीमा कम्पनीहरुको लघुबीमा व्यवसाय घट्न पुगेको छ ।  

प्राधिकरणले लुघबीमाको लाइसेन्स वितरण गरेपछि ठूला बीमा कम्पनीहरुको लघुबीमा व्यवसाय खोसिएको छ । बीमा कम्पनीहरुले लघुबीमा व्यवसायमा तोकेको सीमा नपुर्याएपछि प्राधिकरणले लघुबीमा कम्पनीलाई लाइसेन्स बाँडेको थियो । लघुबीमाको लाइसेन्स बाँडेपछि ठूला बीमा कम्पनीहरुले पनि उल्लेख्य रुपमा लघुबीमालेखहरु जारी गरेका थिए ।  

लघुबीमा व्यवसायबाट आर्जन हुने प्रिमियम खोसिने डरले ठूला कम्पनीहरुले धमाधम लघुबीमालेख जारी  गरेपनि समग्रमा लघुबीमा व्यवसाय घट्न पुगेको छ । प्राधिकरणले गरिब, न्यून आय भएका जनतालाई गरी लघुबीमा सेवा प्रदान गर्न लघुबीमाको लाइसेन्स वितरण गरेको थियो ।  

प्राधिकरणले लघुबीमाको लाइसेन्स वितरण गरेपश्चात् ठूला बीमा कम्पनीहरुले बिक्री गर्दै आइरहेको लघुबीमा व्यवसायको हिस्सा खोसिएको छ । हाल लघुजीवन बीमा तर्फ गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रोलाइफ र लिबर्टीमा माइक्रो लाइफ छन् । त्यस्तै, लघु निर्जीवन बीमातर्फ नेपाल माइक्रो, प्रोटेक्टिभ इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योन्स सञ्चालनमा छन् ।  

चालु आवको ७ महिनासम्ममा लघु बीमा कम्पनीहरुले मात्रै ११ करोड २८ लाख २८ हजार रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन् । जसमा लघु जीवन बीमा कम्पनीहरुले ४ करोड २२ लाख ६५ हजार रुपैयाँ र निर्जीवन लघुबीमा कम्पनीहरुले ७ करोड ५ लाख ६३ हजार रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन् ।  

लघु बीमालेख मार्फत जीवन बीमा कम्पनीको व्यवसाय कस्तो ?

हाल जीवन बीमा कम्पनीहरुले ९ वटा बीमालेख बिक्रीमार्फत व्यवसाय गर्दै आइरहेका छन् । १२ वटा जीवन बीमा कम्पनीले मात्रै लघुबीमालेख बिक्री गर्दै आइरहेका छन् ।  

गत वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको लघुबीमा व्यवसाय औसतमा बृद्धि देखिएपनि अधिकांश कम्पनीको यस्तो व्यवसाय घट्न पुगेको छ । चालु आवको ७ महिनासम्ममा सबैभन्दा लघुबीमा व्यवसायमार्फत प्रिमियम संकलन गर्नेमा नेशनल लाइफ रहेको छ । कम्पनीले ६२ करोड ३० लाख रुपैयाँ लघुबीमा व्यवसायमार्फत बीमाशुल्क संकलन गरेको छ । यो व्यवसाय गत आवको तुलनामा २९.१२ प्रतिशतले बढी हो ।  

गत वर्षको यसै अवधिसम्म नेशनल लाइफले ४८ करोड २५ लाख रुपैयाँ लघुबीमालेख बिक्रीमार्फत प्रिमियम संकलन गरेको थियो ।  

दोस्रोमा सिटिजन लाइफले २६ करोड ७४ लाख, सानिमा रिलायन्स लाइफले १६ करोड २३ लाख, सुर्यज्योति लाइफले १५ करोड ९७ लाख, प्रभु महालक्ष्मी लाइफले १२ करोड ९६ लाख, मेटलाइफले ८ करोड ४९ लाख, सन नेपाल लाइफले १ करोड ७४ लाख, रिलायबल नेपाल लाइफले ७० लाख, नेपाल लाइफले २० लाख, एशियन लाइफले २० लाख रुपैयाँ, एलआइसी नेपालले ७ लाख रुपैयाँ र हिमालयन लाइफले २३ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

लघुबीमा व्यवसाय गर्दै आइरहेको १२ वटा बीमा कम्पनीमध्ये पनि नेशनल लाइफ र सुर्यज्योति लाइफको मात्रै यस्तो व्यवसाय गत आवको तुलनामा बृद्धि भएको छ भने बाँकी १० वटा कम्पनीको व्यवसाय घटेको छ ।  

सुर्यज्योति लाइफको ४१.५२ प्रतिशत र नेशनल लाइफको २९.१२ प्रतिशतले लघुबीमा व्यवसाय बढेको छ । त्यस्तै, सर्वाधिक घट्नेमा एशियन लाइफको ८४.८७ प्रतिशतले घटेको छ ।  

यसका साथै एलआइसी नेपालको ७०.०४ प्रतिशत, नेपाल लाइफको ४९.९८ प्रतिशत, सन नेपालको ४३.८६ प्रतिशत, मेटको ३२.७६ प्रतिशत, हिमालयनको २५.८१ प्रतिशत, सिटिजनको १९.५९ प्रतिशत, सानिमा रिलायन्सको १३.०३ प्रतिशत, रिलायबल नेपालको ५.९४ प्रतिशत र प्रभु महालक्ष्मीको ३.५७ प्रतिशतले व्यवसाय घटेको छ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.