सोमबार, बैशाख २१,२०८३ 05:38:08
Bizshala
  • सोमबार, बैशाख २१,२०८३ 05:38:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बक्यौता नपाएको गुनासो चर्कियो, सरकारसम्म पुगे भृकुटी कागजका श्रमिक

Bizshala
बक्यौता नपाएको गुनासो चर्कियो, सरकारसम्म पुगे भृकुटी कागजका श्रमिक
Shivam Cement

काठमाण्डौं । वर्षौंदेखि रोकिएको पारिश्रमिकको माग गर्दै भृकुटी कागज कारखानाका श्रमिकहरू फेरि सडक–सरकार समक्ष पुगेका छन्।  

३३३ जना श्रमिकको बक्यौता उठाउन भन्दै उनीहरूले प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सफा सुन्दर हरियाली गैँडाकोट निरन्तर शनिवार अभियानको नेतृत्वमा पुगेका श्रमिकहरूले करिब ४० करोड रुपैयाँ तत्काल भुक्तानी गर्न सरकारसँग आग्रह गरेका छन्।  

प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गरिएको पत्रमा लामो समयदेखिको आर्थिक संकट, अन्याय र राज्यको उदासीनताप्रति गम्भीर गुनासो समेटिएको छ।

नवलपुरको गैँडाकोटस्थित भृकुटी कागज कारखाना २०६७ सालदेखि बन्द अवस्थामा छ। 

CG Motors
Garima Development Bank
IME remit

त्यसयता रोजगारी गुमाएका श्रमिकहरू निरन्तर पारिश्रमिकको आशामा बस्दा धेरैको जीवन कठिन बनेको र केहीले न्याय नपाई ज्यानसमेत गुमाएको उल्लेख गरिएको छ।

श्रमिकहरूले कारखानाले ओगटेको करिब ६० बिगाहा जमिनलाई खेर जान नदिई कृषि, औद्योगिक वा व्यवस्थित बजारका रूपमा रूपान्तरण गर्ने ठोस योजना अघि सार्न पनि सरकारलाई आग्रह गरेका छन्।

उनीहरूले माग सम्बोधनका लागि पाँच दिनको अल्टिमेटम दिँदै त्यसपछि चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.