काठमाण्डौं । प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टलाई अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
उनकी पत्नी आयुस्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सो आदेश जारी गरेको हो।
अदालतले कारण देखाउ आदेश पनि जारी गर्दै भट्टलाई शीघ्र उपस्थित गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोगमा चैत १९ गते पक्राउ परेका भट्ट हाल प्रहरी नियन्त्रणमै छन्।
सर्वोच्चको आदेशसँगै यो मुद्दा अब न्यायिक प्रक्रियाको थप चरणमा प्रवेश गरेको छ।

