काठमाण्डौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रयोग गरी एक युवकको ज्यान लिइएको छ।
कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा भएको उक्त घटनामा विपिन घिमिरेमाथि दिउँसो करिब साढे २ बजे आक्रमण भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए।
गम्भीर अवस्थामा रहेका उनलाई तत्काल उद्धार गरेर कीर्तिपुर अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार साथीहरूबीच भएको झगडाका कारण घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको र छिट्टै नियन्त्रणमा लिइने प्रहरीले जनाएको छ।
‘संलग्न व्यक्तिको पहिचान भइसकेको छ, पक्राउका लागि प्रहरी टोली सक्रिय छ,’ एसपी भट्टराईले जानकारी दिए।

