शनिबार, माघ १७,२०८२ 03:17:29
Bizshala
  • शनिबार, माघ १७,२०८२ 03:17:29
Bizshala
Global IME Bank Limited
Bizshala

श्री डिष्टिलरीले ९.६० लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

श्री डिष्टिलरीले ९.६० लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त
Shivam Cement

काठमाण्डौ । श्री डिष्टिलरीले प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको  हो ।  

कम्पनीले आईपीओ निष्कासनका लागि बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यसका लागि जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा श्री डिष्टिलरी लिमिटेडका तर्फबाट सञ्चालक सनत न्यौपाने र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि श्री डिष्टिलरीका सञ्चालक सनत न्यौपानेले लामो समयदेखि मदिरा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले अब जनतालाई पनि साझेदारी बनाएर अघि बढ्न लागेको बताए ।  

यस्तै, प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले आइपीओ निष्काशनमा श्री डिष्टिलरीले गरेको विश्वासमा धन्यवाद व्यक्त गरे ।

सम्झौतासँगै कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेश गर्ने बताइएको छ । प्रक्रिया पुरा गरी चाँडै नै कम्पनीले आइपीओ जारी गर्ने बताएको छ ।  

Bizshala
Garima Development Bank
New Office

श्री डिष्टिलरी लिमिटेडको बारेमाः

श्री डिष्टिलरी लिमिटेड नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित रक्सी उत्पादक मध्ये एक हो । सन् १९८५ मा स्थापना भइको श्री डिष्टिलरी एक उच्च गुणस्तरको मादक पेयका लागि प्रख्यात रहेको छ । यस कम्पनीको सुरुवाती मुख्य ब्रान्डहरुमा किंग्स प्राइड व्हिस्की, माउन्ट एभरेस्ट व्हिस्की,बन्ड ब्ल्याक लेबल, ओएसिस एक्स्ट्रा ड्राय, श्री स्पेशल नम्बर वान, दुधिया स्पेशल, बुलेट, श्री दुधिया, सगुन लगायत रहेका थिए । यी ब्रान्डहरुले मदिरा बजारमा गुणस्तर र उत्कृष्टताका लागि श्री डिष्टिलरीको प्रतिष्ठा निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।

कम्पनीका हालका ब्रान्डहरुमा प्रियसी सोफी, प्रियसी दुधिया, सगुन एप्पल, सगुन ग्रिन एप्पल, सगुन एक्स्ट्रा, जोश, स्पेशल नम्बर वान रहेका छन् । यस्तै कम्पनीले चाँडै नै ओएसिस, अल्फा ब्लु र बोन्ड ब्ल्याक लेबल गरी तीन नयाँ ब्रान्डलाई बजारमा ल्याउने तयारी गरिरहेको छ । यस कम्पनीको स्प्रीट लाइसेन्स रहेको र आइपीओ निश्कासन पश्चात् कम्पनीले उच्च गुणस्तरको स्प्रीट उत्पादनमा पनि काम गर्ने छ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.