शनिबार, माघ १७,२०८२ 01:23:26
Bizshala
  • शनिबार, माघ १७,२०८२ 01:23:26
Bizshala
Global IME Bank Limited
Bizshala

Seres-3 मा देखिए यी १० गम्भीर समस्या, इभीप्रेमीका लागि छैन उपयुक्त

Seres-3 मा देखिए यी १० गम्भीर समस्या, इभीप्रेमीका लागि छैन उपयुक्त
Shivam Cement

काठमाण्डौ । विश्व अटो बजार विस्तारै ईभीमय बन्दै गईरहेको छ । वातावरणप्रतिको सजगता र विश्वका देशहरुले शून्य कार्बन उत्सर्जनप्रति गरेको प्रतिबद्धताका कारण ईभीप्रतिको आकर्षण वृद्धि भईरहेको छ ।  

अहिले बजारमा विभिन्न कम्पनीहरुले उत्पादन गरेको ईभी कारहरु प्रशस्तै पाइन्छन् । कम्पनीहरुले आक्रामक रुपमा गरिरहेको व्यापार विस्तार र ईभी गाडी पनि धेरैजसोका लागि नयाँ विषय भएकाले आम उपभोक्तालाई कुन ईभी गाडी आफ्ना लागि उपयुक्त हुन्छ भन्ने छुट्याउन मुश्किल भईरहेको छ । 

Bizshala
Garima Development Bank
New Office

ईभी गाडीमा भएको कमी कमजोरी छुट्याउन नसक्दा कतिपय ग्राहकहरु ठगिने क्रम समेत बढिरहेको खबर आईरहेका पाइन्छन् । 

यस्तैमा चिनियाँ अटो निर्माता कम्पनी डङफेङ मोटर कर्पोरेसनले उत्पादन गरिरहेको एसयुभी ईभी, Seres-3 को कमी कमजोरीका बारेमा विभिन्न रिपोर्ट सार्वजनिक भएका छन्।

1. Seres-3 EV को ब्रेकिङमा गम्भीर समस्या, एमएडब्ल्यूबाट गाडी किनेका ग्राहकमाथि यो हदसम्मको फ्रड !

 

यस्ता छन् सेरेस थ्रीमा देखिएका समस्या

१. यो कारको कुनै पनि क्रयास रेटिङ छैन र यसको बेस मोडलमा दुईवटा मात्रै एयरब्याग उपलब्ध छ । कम्तीमा आधा दर्जन एयरब्याग हुनुपर्ने वर्तमान अवस्थामा पारिवारिक एसयुभीमा जम्मा २ वटा मात्रै एयरब्याग हुनु कमजोरीको रुपमा देखिन्छ ।  

२.सेरेस थ्रिको लक्जरी भर्जनमा कारलाई लेनमा कायम राख्नका लागि ‘लेन किप असिस्ट र फरवार्ड कोलाइजन वार्निङ’ दिइएको छ । तर यसमा ‘अटो इमर्जेन्सी र ब्लाइन्ड स्पट मोनिटर भने उपलब्ध छैन । 

३. धेरै घाम लागिरहने ठाउँमा कारमा रहेको रिभर्सिङ क्यामेरा प्रयोगविहिन बन्नसक्छ । यसका साथै यो ३६० डिग्री भिजनमा फिट गरिएकाले स्क्रिनको गु्णस्तर पनि कमजोर रहेको छ । 

४.सेरेस थ्रिमा केहि लक्जरी सुविधाहरु थप गरिएको छ । कारको इलेक्ट्रिक फ्रन्ट सीटमा तीन तहको हिटिङ,डिजिटल ड्यास,वायरलेस फोन चार्ज प्याड, इलेक्ट्रिक प्यानारोमिक रुफ र न्याभिगेशन प्रदान गरिएको छ । तर कारमा गुणस्तरको स्क्रिन,एप्पल कारप्ले/एन्ड्रोइड अटो र प्रतिस्पर्धात्मक सुरक्षात्मक उपकरण भने दिइएको छैन । यसप्रति ग्राहकहरुले गुनासो गरेका छन् ।  

५. कारमा रहेको ‘पप–अप रोटरी गियर सिफ्टर इलुमिनेशन’का कारण दिनको उज्यालोमा कुन गियरमा गाडी कुदिरहेको छ देख्न  सकिन्न ।  

६. इलेक्ट्रिक पार्क ब्रेकले अटो रिलिज गर्दैन । साथै यसको ब्लुटुथमा निकै समस्या देखिएको छ ।  

७. सबैभन्दा प्रमुख सुरक्षा कमजोरी भनेको सेरेस थ्रिमा रोटरी गियर सिफ्टर हो । यसलाई धेरै छिटो घुमाउनुहोस् र गियर फेला पार्न हिचकिचाउनुको सट्टा, यसले तपाईंलाई कुनै पनि गियर दिँदैन। द्रुत तीन(बिन्दु)टर्न गर्ने प्रयास गर्नुहोस् र तपाईं अलमलमा पर्नुहुन्छ, रिभर्सको लागि R वा ड्राइभको लागि D उज्यालो भए तापनि।

८. यसको हेडलाइट र एसीको बारेमा पनि ग्राहकले गुनासो गरेका छन् ।  

९.स्टेरिङ ह्विल पनि उचाईका लागि मात्रै एडजस्ट हुन्छ । डोर प्लास्टिक पनि कमसलको छ र टेलगेट पनि निकै भारी छ ।  

१०. राम्रो सतह भएको रोडमा यो कार राम्ररी नै कुद्छ तर रोडको सतह अलिकति पनि बिग्रेको छ भने ज्यादा उफार्ने गर्छ । यसको इन्जिन रेस्पोन्स डिले पनि समस्याको रुपमा देखिएको छ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

2. डिपलको इभीमा विष्णु अग्रवालको ठगीधन्दा, कम क्षमताका गाडी महङ्गोमा भिडाइँदै

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.