शनिबार, बैशाख १९,२०८३ 09:41:45
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 09:41:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतमा बजेटअघि किन आयोजना गरिन्छ हलुवा समारोह ? कर्मचारीलाई राखिन्छ लकडाउनमा

Bizshala
भारतमा बजेटअघि किन आयोजना गरिन्छ हलुवा समारोह ? कर्मचारीलाई राखिन्छ लकडाउनमा
Shivam Cement

काठमाण्डौ । भारतमा बजेट पेश गर्नुअघि हरेक वर्ष हलुवा समारोह हुने गर्छ । यो वर्ष पनि भारतमा गत मंगलबार हलुवा समारोह सम्पन्न भएको छ । यो समारोह प्रत्येक वर्ष बजेट पेश गर्नुअघि आयोजना गरिन्छ । बजेट पेश गर्नुअघि भारतका वित्तमन्त्रीले सबैलाई हलुवा बाड्ने गर्छन् ।  

यसैको निरन्तरता स्वरुप मंगलबार वित्तमन्त्री निर्मला सीतारमणले नर्थ ब्लकमा हलुवा समारोह आयोजना गरेकि छिन् । यो समारोह ‘लक इन’प्रक्रिया सुरु हुनुअघि आयोजना गरिन्छ । उक्त अवसरमा बजेट निर्माण कार्यमा समावेश भएको अधिकारी तथा कर्मचारीका साथै राज्यमन्त्री पंकज चौथरी समेत समावेश थिए ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो समारोहमा वित्तमन्त्रीले आफै सबैलाई हलुवा पस्कने गर्छन् । यसलाई वित्त मन्त्रालयको सबै अधिकारीहरुको कडा मिहेनतलाई प्रशंसा गर्ने माध्यमको रुपमा समेत लिने गरिन्छ । हलुवा समारोहले अब बजेट तयार भईसक्यो र सबै दस्तावेज प्रिन्ट हुने प्रक्रिया सुरु भइसक्यो भन्ने संकेत गर्छ ।  

यस्तै यो समारोह भएपछि लकडाउनको सुरुवात भएको समेत मानिन्छ । यसका र्थ बजेटसँग सम्बन्धित कुनै पनि अधिकारीलाई मन्त्रालय परिसरबाट बाहिर जाने अन्ुमति हुँदैछ । बजेट निर्माण टीमका सबै सदस्यलाई संसदमा वित्तीय दस्तावेज पेश गरिसकेपछि मात्रै बाहिर जाने अनुमति दिइन्छ ।  

भारतमा यो वर्षको बजेट सत्र २२ जुलाईबाट सुरु हुने कार्यक्रम तय भएको छ । सितारमणले ६ पटक बजेट पेश गर्नेछिन् । यससँगै उनी भारतमा सबैभन्दा धेरैपटक बजेट पेश गर्ने अर्थमन्त्री बन्नेछिन् ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.