शनिबार, बैशाख १९,२०८३ 05:49:10
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 05:49:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

काठमाण्डौमा ‘आन्टरप्रेनर समिट’ आयोजना हुँदै, एशिया प्यासिफिक क्षेत्रका उद्यमी र लगानीकर्ता पनि आउने

Bizshala
काठमाण्डौमा ‘आन्टरप्रेनर समिट’ आयोजना हुँदै, एशिया प्यासिफिक क्षेत्रका उद्यमी र लगानीकर्ता पनि आउने
Shivam Cement

काठमाण्डौ । नेपालको प्रविधि कम्पनी स्वीभ्ट र इन्भेस्टियाको सहकार्यमा ‘आन्टरप्रेनर समिट नेपाल २०२४’ आयोजना हुने भएको छ । आगामी असोज १९ गते शनिबार काठमाण्डौको सोल्टी होटलमा सम्मेलन आयोजना हुनेछ ।  

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूको सहभागीता हुने बताइएको छ । कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका उद्यमी, लगानीकर्ता र व्यवसायिक नेतृत्वकर्ता लगायत उपस्थित हुनेछन् ।  

नेपालमा विदेशी लगानी र अवसरहरू सिर्जना गर्न सम्मेलनमहत्वपूर्ण हुने आयोजकको विश्वास छ । सम्मेलनमा एक्सिलेरेट भेन्चर्सका सह–संस्थापक र प्रबन्धक साझेदार लिओ लिउ, एशिया सीईओ कम्युनिटी हङकङका संस्थापक र सीईओ ग्यारी लाम, एक्सिलेरेट, हङकङका लविन हेलमानी र फिनटेक ग्लोबल बैंकिङ सोलुसन्स बेलायतका माइकल हो लगायत अन्तर्राष्ट्रिय वक्ताको रूपमा आउँदैछन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

साथै, सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र लगानी बोर्डका सीईओ सुशील ज्ञवाली पनि सहभागी हुने अपेक्षा गरिएको छ ।  

उद्यमशीलताका बारेमा छलफल हुने कार्यक्रममा हङकङ, सिंगापुर, भारत र नेपालका प्रतिष्ठित व्यवसायिक व्यक्तित्वहरू सहभागी हुनेछ ।  

यसले स्टार्टअप संस्थापक, व्यवसायिक नेतृत्वकर्ता र लगानीकर्ताहरूलाई नेटवर्किङ, रणनीति साझेदारी र सहकार्यको अवसर प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।

CG Motors
Garima Development Bank
IME remit

स्वीभ्टले गत वर्ष फिनटेक सम्मेलनको रूपमा पिएसपी सम्मेलन २०२३ आयोजना गरेको थियो । सो सम्मेलनमा र्इसेवा, खल्ती, फोनपे, मोरु, डिजिपे, सिजीपे, आईपे जस्ता प्रमुख फिनटेक कम्पनीहरू र नबिल बैंक, ग्लोबल बैंक, सिटिजन बैंक जस्ता ठूला वित्तीय संस्थाहरूले भाग लिएका थिए ।  

यस पटकको उद्यमी शिखर सम्मेलन २०२४ मा नेपालको स्टार्टअप इकोसिस्टमलाई विश्वव्यापी मञ्चमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.