शनिबार, बैशाख १९,२०८३ 05:46:11
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 05:46:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जिओमेटले दशैं अफरमा १ हजार रात्री बसहरूलाई निःशुल्क जीपीएस उपकरण दिने

Bizshala
जिओमेटले दशैं अफरमा १ हजार रात्री बसहरूलाई निःशुल्क जीपीएस उपकरण दिने
Shivam Cement

काठमाण्डौ । नेपाली यात्रुहरूको सुरक्षालाई अझ सुदृढ र प्रभावकारी बनाउँन टेलिमेटिक्स टेकले दशैंको विशेष उपहारस्वरूप लामो दूरीका रात्री बसहरूमा निःशुल्क जीपीएस उपकरण वितरण गर्ने योजना सार्वजनिक गरेको छ। 

यस योजना अन्तर्गत ‘फर्स्ट कम, फर्स्ट सर्भ’ आधारमा  हजार वटा लामो दूरीका रात्रि बसहरूमा जीपीएस प्रणाली निःशुल्क जडान गरिने कम्पनीका संस्थापक आतिस गैरेले बताए।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

‘विशेषगरी दशैंजस्तो चाडपर्वमा लाखौँ यात्रुहरु लामो दूरीको यात्रा गरेर आफ्ना परिवार र गाउँघर फर्किन्छन्, बस सञ्चालकहरूका लागि यात्रुको यात्रालाई सुरक्षित बनाउनु अत्यन्त जरुरी हुन्छ,’ जियोमेटका संस्थापकले गैरेले भने, ‘हामीले वितरण गर्ने यो जीपीएस उपकरण बस सञ्चालकहरूको लागि हो, जसले बसको हरेक गतिविधि वास्तविक समयमा ट्र्याक गर्न मद्दत पुर्याउनेछ। यसले बस कम्पनीलाई तत्कालको बसको वास्तविक अवस्थिति र सञ्चालनबारे जानकारी दिनेछ। यसले यात्रुको यात्रा अनुभवलाई अझ आरामदायी बनाउने विश्वास लिएका छौ ।’

CG Motors
Garima Development Bank
IME remit

जियोमेटको जीपीएस प्रणाली मुख्यतः बस सञ्चालकहरूको लागि उपयोगी छ। यसले बसलाई वास्तविक समयमा ट्र्याक गर्न मद्दत गर्छ, जसले बस कहाँ छ, कति गतिमा गुडिरहेको छ र कुन रुटमा चलिरहेको छ भन्ने जानकारी दिन्छ । यो प्रणालीले बस सञ्चालकहरूलाई सर्भिसिङको सही समय पहिचान गर्न र इन्धनको खपतको अनुगमन गर्न सहयोग गर्छ, जसले बसको दीर्घकालीन सञ्चालनलाई अझ व्यवस्थित बनाउँछ। साथै, बस सञ्चालकहरूले जहाँबाट पनि मोबाइल वा कम्प्युटरमार्फत आफ्ना बसहरूको अवस्थिति हेर्न सक्छन्।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.