शनिबार, बैशाख १९,२०८३ 06:21:03
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 06:21:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रभु बैंकको नाफा र खुद ब्याज आम्दानी दुवै बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?

Bizshala
प्रभु बैंकको नाफा र खुद ब्याज आम्दानी दुवै बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?
Shivam Cement

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको नाफा र खुद ब्याज आम्दानी दुवै बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा र आम्दानी दुवै बढेको देखिएको हो ।  

बैंकले चालु आवको पहिलो त्रैमाससम्ममा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.६२ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्ममा बैंकले १ अर्ब ३ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बैंकले नाफाका साथै खुद ब्याज आम्दानी समेत बढाएको छ । बैंकले समीक्षा अवधिसम्ममा २ अर्ब ६२ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको २ अर्ब ५४ करोड रुपैयाँको तुलनामा ३.१६ प्रतिशतले बढी हो । यस्तै बैंकले खुद शुल्क तथा कमिशन आम्दानीबापत ६१ करोड ३२ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी भने ३.४४ प्रतिशतले घटेर ३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।  

बैंकले कर्मचारीका लागि १ अर्ब ८ करोड रुपैयाँ र अन्य सञ्चालनका लागि ४९ करोड ६६ लाख रुपैयाँबराबरको खर्च गरेको छ ।  

२३ अर्ब ५४ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ ३ करोड ४७ लाख रुपैयाँ मात्रै रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको रिटेन्ड अर्निङ १ अर्ब २२ करोड रुपैयाँबराबर थियो । बैंकको रिजर्भको आकार २०.६१ प्रतिशतले बढेर १४ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।  बैंकको वितरणयोग्य मुनाफामा व्यापक गिरावट आएको छ । अघिल्लो आवको प्रथम त्रैमाससमम ३२ करोड ५१ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा घटेर ३ करोड ४७ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकको लाभांश क्षमता दर ०.५९ प्रतिशत रहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

बैंकको खराब कर्जा अनुपात ४.९४ प्रतिशत रहेको छ ।  

समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी १७.६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.९३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४.९९ गुणा र तरलता अनुपात ३४.५६ प्रतिशत कायम भएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.